
६ असार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा राष्ट्रपति शीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयरार रहेको बताएका हुन् ।
बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिव २० मिनेट वान टु वान वार्ता भएको थियो । लगतै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ ।
चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् । साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने बताएका छन् ।
दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4