+
+

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते ९:०९
फाइल तस्वीर

१८ असार, काठमाडाैं । अविरल वर्षापछिकाे पहिराेले देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध हुन पुगेका छन् । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ भने  सिद्धार्थ राजमार्गको आवागमन एकतर्फी खुलेको छ ।

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि एकतर्फी सञ्चालनमा रहेको सडक बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको जनाएको छ । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सिद्धबाबा नजिकै खसेको पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीकाे भनाइ छ  ।

पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेपछि राति ११ बजेदेखि नै सडक अवरुद्ध बनेको थियो । डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले पहिरो हटाएर अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । प्रहरीले पहिरो हटाउन डोजर प्रयोग भइरहेको जानकारी दिँदै दुईतर्फी संचालन हुन अझै समय लाग्ने जनाएको छ ।

हेडबक्समा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?