+
+

नारायणी यातायात व्यवसायी संघ पनि कम्पनीमा गयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २९ गते २०:३२

२९ असार, काठमाडौं । सरकारले असार मसान्तदेखि यातायात नवीकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ हेटौँडाले मुनाफा नबाँड्ने कम्पनीको रुपमा ‘नारायणी संघ हेटौँडा’ दर्ता गरेको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम ‘नारायणी संघ हेटौँडा’ दर्ता गरिएको तत्कालीन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।

संघको कार्यालयमा भएको यातयात ब्यबसायीहरुको भेलामा संघमा आवद्ध २९ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी नारायणी कम्पनी दर्ता गरिएको उनले बताए ।

सामाजिक तथा नाफारहित संस्थाका रुपमा विकास गर्ने गरी कम्पनी दर्ता गरिएको तत्कालीन संघका महासचिव सरोज खनालले बताए ।

एक अध्यक्षसहित २९ जना सञ्चालक सदस्य रहने र संघको वाषिर्क साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने खनालले बताए ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा गत असार २६ गते मंगलबार दर्ता गरिएको कम्पनीको दर्ता नम्बर १९३०५९ हो ।

कम्पनीले यातायात व्यवसायीको विकास तथा प्रवद्र्न गर्दै यातायात व्यवसायमा लागेका व्यवसायीहरु, व्यक्तिहरु, संस्थाहरु, कम्पनीहरुको सामुहिक हक हितको संरक्षण गर्ने संघको मुख्य उद्देश्य रहेको तत्कालीन महासचिव खनालले बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?