+
+

मेलम्ची आयोजनाको काम गर्दा घाइते भए नेपाल मेडिकल कलेजमा निशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १५:२८
फाइल तस्वीर

१५ साउन, काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षणमा काम गर्ने कामदार घाइते भएमा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेलमा निशुल्क उपचार हुने भएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइ र नेपाल मेडिकल कलेजबीच यससम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । मेलम्ची आयोजनाको सुन्दरीजल पानी प्रसोधन केन्द्रदेखि चावहिल धोबीखोलासम्म विछ्याएको पाइप लाइनमा पानी परीक्षण गर्ने कामदार घाइते भएमा उनीहरुको उपचार निशुल्क हुनुका साथै अस्पतालले एम्बुलेन्स र औषधी पनि निशुल्क उपलब्ध गराउनेछ ।

मेलम्ची पाइपलाइनको पानी परीक्षणमा काम गर्ने कामदार, कर्मचारी, स्थानीयबासी घाइते भएमा उनीहरुको निशुल्क उपचार गर्ने विषयमा आयोजनासँग सम्झौता भएको अस्पतालका निर्देशक डा.राजेशकिशोर श्रेष्ठले बताए ।

हाल मेलम्ची आयोजनाको सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्म बिच्छ्याइएको पाइपलाइनमा पानी परीक्षणको काम भइरहेको छ । उक्त काममा सम्भावित दुर्घटनामा घाइतेको उपचारका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालले घाइतेको भर्ना गरी उपचारको व्यवस्था गर्ने, उपचारको क्रममा आवश्यक औषधि दिने, सिफारिस गरी पठाएको विरामीको उपचार व्यवस्था गर्नेछ ।

त्यस्तै अस्पतालले रिफर गर्नुपरेमा विरामीको उपचार खर्च मेलम्भी आयोजनाले गर्ने, विरामीका लागि आवश्यक औषधी अस्पतालले निश्चल मेडिकल सेन्टर एण्ड फार्मेसीसंग समन्वय गरी भु्क्तानी गरिदिने पनि सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?