+
+

हेलिकोप्टर चढ्दा इमरान खानको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते २०:३५

१६ भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ ।

खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

प्रधानमन्त्री भए लगतै खानले प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौती गर्नुका साथै विलासी गाडीहरु बेच्ने घोषणा गरेका थिए । यसको धेरैले प्रशंसा पनि गरे ।

तर, १५ किलोमिटरको दुरीमा पनि हेलिकोप्टर प्रयोग गरेपछि खानकै आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीको कार्यालय जाने शैलीलाई भीभीआईपी भनेका छन् । सामाजिक सञ्जालमा पनि उनको मजाक उडाइएका छन् ।

तर, पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको बचाउ गरेका छन् । हेलिकोप्टरमा यात्रा गर्नु निकै सस्तो भएको उनको दाबी छ । उनका अनुसार हेलिकोप्टरमा यात्रा गर्दा एक किलोमिटरको ५५ हजार मात्र पर्छ ।

तर, उनको दाबी झूटो भएको पाएपछि पाकिस्तानमा टप ट्रेन्डिङमा समेत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?