काठमाडौं । ढाकाको एक अदालतले बंगलादेश नेशनल पार्टीका प्रमुख एवं पूर्वप्रधानमन्त्री खालिदा जिया र अरु तीन जनालाई भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय सुनाएको छ ।
खालिदाविरुद्ध ७ वर्ष पहिले मुद्दा दर्ता भएको थियो । सोमबार न्यायाधीश अख्तरुजजामनले फैसला सुनाएका हुन् । उनलाई १० लाख टका जरिवाना पनि तोकिएको छ ।
पूर्वप्रधानमन्त्री जिया फेब्रुअरीदेखि भ्रष्टाचारको अर्को मुद्दामा सुनाइएको ५ वर्षे जेल सजाय काट्दैछिन् ।
एन्टी करप्सन कमिसनले ८ अगष्ट २०११ मा तेजगाउँ पुलिस स्टेशनमा जिया च्यारिटेबल ट्रष्टमा भएको भ्रष्टाचारलाई लिएर खालिदाविरुद्ध मुद्दा दायर गरेको थियो । खालिदामाथि सत्ताको दुरुपयोग गरेर अज्ञात स्रोतबाट आफ्नो ट्रष्टका लागि सवा तीन करोड फन्ड दिएकी अभियोग लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4