कहिले काहीँ हाम्रा साथीभाई, आफन्त वा जो कोही व्यक्तिमा अचानक शारीरिक समस्या देखिन सक्छ । यस्तो अवस्थामा के गर्ने ? तत्काल औषधी-उपचार गर्न संभव हुँदैन । नजिक अस्पताल पनि नहुन सक्छ ।
यसरी अचानक आइलाग्ने आपतमा उक्त समस्याको पहिचान गरी प्राथकिमक उपचार गर्नु बढी विवेकपूर्ण हुनसक्छ । यस्तै समस्या हो, पेनिक अट्याक । झट्ट हेर्दा यो हार्ट अट्याक्ट जस्तो लाग्न सक्छ । तर, पेनिक अट्याक फरक छ । यो एक प्रकारको एन्जायटी डिसअर्डर हो । पेनिक अट्याकको अवस्थामा मानिस निकै अत्तालिने गर्छ । खासगरी मस्तिष्कको असन्तुलन, मदिरा, अत्याधिक तनवा, बंशाणुगतलगायत थुप्रै कारणले यस्तो समस्या हुने गर्छ ।
यदी पेनिक अट्याक भयो भने के गर्ने ? आफुले आफैलाई सम्हाल्ने स्थिती नहोला । यस्तो अवस्थामा साथमा रहेका साथीभाई वा जोकोहिले मद्दत गर्नुपर्छ । कसरी गर्ने त मद्दत ?
हर्ट एट्याक भनि नझुक्किनुस्
– पेनिक अट्याकमा मानिसको अवस्था हर्ट एट्याकको जस्तै हुन्छ । तर, पेनिक अट्याकमा त्यति बढी दुखाई हुँदैन । यद्यपी दुवैमा एन्ड्रनेलिन हर्मोनको स्राव हुने गर्छ । कहिले काहीँ पेनिक र हर्ट अट्याक छुट्याउन मुस्किल पर्छ ।
– पेनिक अट्याक प्राय त्यतिबेला तपाई कुनै पनि कारणले मानसिक वा शारीरिक तनावमा हुनुहुन्छ । लामो समयसम्म भइरहेको कुनै प्रकारको भयको कारण पनि यस्तो समस्या देखिने गर्छ । परीक्षण र उपचारपछि मात्र थहाा हुन्छ कि यो अकस्मात देखिने समस्या हो ।
– पेनिक अट्याक हुँदा श्वासप्रश्वास गर्दा निकै गााह्रो अनुभुति हुन्छ । त्यस्तै, मुटुको धड्कन बढ्ने, सुत्दा दुख्नेलगायतका समस्या हुन्छ । तर, हृदयघात होइन भन्दैमा यसलाई वेवास्ता भने गर्नु हुँदैन ।
यसकारण पनि हुन्छ
-पेनिक अट्याक कैयौँ शारीरिक समस्याको कारण पनि हुन्छ । मुटु रोग, श्वासप्रश्वासमा समस्या, हर्मोनमा गडबढी, रगतमो हुने कुनै पनि प्रकारका रसायनिक उटारचढाव, विभिन्न संक्रमण या रोगको कारण पनि पेनिक अट्याक हुने गर्छ । कुनै औषधीको विपरित असरले पनि यस्तो स्थिति उत्पन्न हुन सक्छ ।
– यसै पनि पेनिक अट्यकको कुनै खास कारण हँदैन । तर, यो एन्जाइटीसँग सम्बन्धित हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोग, र अस्वस्थकर व्यक्तिहरुको लागि पेनिक अट्याक वार्निङ सिग्नल हो । यस्तो वस्थामा विरामी शान्त रहन जरुरी हुन्छ ।
कसरी थाहा पाउने ?
– श्वासप्रश्वासमा कठिनाई उत्पन्न हुने
– मुटु र छाती दुख्ने
– मुटुको ढड्कन तिव्र हुने
– शरीरबाट अत्याधिक पसिना वहने
– हात, खुट्टा सुनिने
– फोक्सो फुल्ने
– पेटमा दुखाई हुने वा बढी थकाईको अनुभुति हुने
शान्त रहनुस्
तपाईको आसपासमा भएको वा तपाईकै साथीलै पेनिक अट्याक भएको अवस्थामा तपाईको निकै महत्वपूर्ण भुमिका हुन्छ । पेनिक अट्याक भएका मानिसलाई मद्दत गर्नका लागि तपाई आफै शान्त रहन जरुरी हुन्छ । साथीलाई लागोस् की सब ठिकठाक चलिरहेको छ ।
सँगै रहनुस्
पेनिक अट्याक भएको मानिस निकै छटपटाउने गर्छ । त्यस्ता मानिसलाई कहिल्यै पनि एक्लै छोड्नु हुँदैन । पेनिक अट्याक अचानक हुन्छ र २०-३० मिनेटपछि विरामी आफै शान्त हुन्छ । त्यसैले, पेनिक अट्याक भएको साथीसँगै रहनुपर्छ र विरामीलाई सान्त्वना दिने प्रयास गर्नुपर्छ ।
सकरात्मक बनाउनुस्
कुनै प्रकारको डर हुँदा वा अकस्मात ठूलो घटना भएमा पेनिक अट्याक हुने गर्छ । जसको कारण मानिस निकै अशान्त हुने गर्छ । यस्तो अवस्थामा विरामीको दिमागमा नकरात्मक कुराहरु मात्र आउने गर्छन् । त्यसैले यस्तो अवस्थामा साथीलाई सकरात्मक रहनको प्रेरित गर्नुपर्छ, सकरात्मक बनाउनुपर्छ ।
प्रतिक्रिया 4