+
+

एकल अभिभावकः कसरी हुर्काउने बालबालिका ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते १३:३१

उहिले-उहिले एउटै छानोमुनी ठूलो परिवार समेटिन्थे । हजुरआमा पुस्तादेखि पनाती पुस्तासम्म । बुवाआमा, छोराछोरी, नाती-नातिनी, हजुरआमा-हजुरबा सबै एक ढिक्का भएर बस्थे ।

तर, समयक्रमसँगै परिवार टुक्रिदै र छाँटिदै गयो । हुँदा हुँदा दम्पती अर्थात श्रीमान् र श्रमतीको मात्र एउटा परिवार बन्यो । यसरी संयुक्त परिवार एकल परिवारमा रुपान्तरण भयो । एकल परिवार, जहाँ आमाबुवा, छोराछोरी हुन्छन् । यो आयतन पनि घटेर अहिले एकल अभिभावक बन्ने प्रवृत्ति बढेको छ ।

एकल अभिभावक, खासगरी यो भारतिय समाजमा बढ्दो छ । यद्यपी यसको प्रभाव नेपाली समाजमा पर्छ नै । भारतमा सेरोगेसीबाट अविवाहित अवस्थामै सन्तानको माता वा पिता बन्ने ट्रेन्डले एकल अभिभावक बन्ने प्रवृत्ति बढेको छ । नेपालमा चाहि सेरोगेसीबाट बच्चा जन्माउने प्रक्रियालाई कानुनी छुट छैन । यद्यपी दम्पतीबीचको सम्बन्ध टुट्दै एवं टुक्रिदै गएपछि परिस्थितीले धेरैलाई एकल अभिभावक बनाएको छ । हास्य अभिनेता मनोज गजुरेलदेखि गायिका अन्जु पन्तसम्मलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

एकल अभिभावक हुनुको चुनौती अनेकन छन् । छोराछोरीलाई हुर्काउने, बढाउने, स्यहारसुसार गर्ने कुराले उनीहरुले अतिरिक्त समय र श्रम खर्चनुपर्छ । अन्य बेला श्रीमान्-श्रीमतीले बाँडीचुडी काम गर्दा जुन सहजता हुन्थ्यो, एकल अभिभावक बनेपछि त्यो संभव हुँदैन ।

हुन त आफन्त, नातेदार, छिमेकली पनि सहयोग गर्न सक्छन्, तर छोराछोरीका लागि आफ्नै आमा वा बुवा जस्तो अभिभावकत्व अरुबाट प्राप्त हुँदैन । किनभने छोराछोरीको खास अट्याचमेन्ट आफ्ना बुवाआमासँग हुन्छ । उनीहरुले आफ्नो सुखदुख, सफलता-विफलता, खुसी-पीडा सबै अवस्थामा आफ्नै बुवाआमाको साथ खोज्छन् । त्यसैले छोराछोरीका लागि आमाबुवाको स्थान अरुले लिन सक्दैन ।

यद्यपी जब दम्पतीबीच खटपट हुन्छ, सम्बन्ध विच्छेद हुन्छ, तब छोराछोरी आमा वा बुवामध्ये एकको पक्षमा जानुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुको मर्जीलाई सर्वोपरी ठानिन्छ । यद्यपी आमा वा बुवाको अभावमा उनीहरु जति सन्तुष्ट हुनुपर्ने, त्यती हुँदैनन् । एक हिसाबले त उनीहरुमा मानसिक आघात नै पर्छ ।

त्यसैले एकल अभिभावकका लागि बालबच्चा हुर्काउनु निकै संवेदनशिल र चुनौतीपूर्ण विषय हो । अक्सर के हुन्छ भने, हामी आफै आयआर्जनको मेलोमेसो पनि मिलाउने र आफै घरव्यवहार पनि सम्हाल्ने । यसरी दोहोरो भूमिकामा उभ्याउनुपर्दा एकल अभिभावकलाई सजिलो हुन्न ।

तर, आफ्नो समस्या वा अप्ठ्यारालाई केन्द्रमा राखेर सोच्ने भन्दा पनि छोराछोरीका खातिर कसरी समय दिने भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ । जरुरी किनपनि हुन्छ भने, उनीहरुले एक किसिमको मानसिक समस्या झेलिसकेका हुन्छन् । उनीहरुमा थोर-बहुत विचलन पनि आएको हुन्छ । त्यसैले उनीहरुलाई सही बाटोमा हिडाउन, सही मार्गदर्शन दिलाउन आमा वा बुवाले बढी ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?