+
+

वित्तीय कारोबारमा सहकारीको हिस्सा २५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २३ गते ११:२३

२३ मंसिर,काठमाडौं । देशको कुल वित्तीय कारोबारमध्ये सहकारीले २५ प्रतिशत हिस्सा ओगटेको तथ्य सार्वजनिक भएको छ । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वाषिर्क साधारण सभामा सो तथ्यांक दिइएको हो ।

साधारणसभाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासको लागि सहकारीले गरेको योगदान अग्रस्थानमा रहेको बताए । महराले सहकारीको विकासमा सरकारले पनि योगदान गर्नपर्ने बताए ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरु पछि दोश्रो ठूलो वित्तीय कारोबार सहकारी संघ संस्थाहरुबाट भइरहेको जानकारी दिए । देशभर ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भएका छन् । त्यसमा २८ हजार भन्दा बढी सहकारी संस्थाहरु क्रियाशिल रहेको छन् ।

पछिल्लो तथ्याङ्क अनुसार सहकारी क्षेत्रको वित्तीय कारोबार जम्मा करोबारको २५ प्रतिशत भन्दा बढी अर्थात ५ सय ५० अर्ब भन्दा बढी निक्षेप परिचालन सहकारीले गरेको जानकारी सो अवसरमा दिइयो ।

त्यस्तै ८० अर्ब बराबर शेयर पूँजी संकलन सहकारीबाट भएका छ, प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको भण्डारीले बताए ।

लालिगुरासको मुख्य लगानीमा ताल्छिलेखमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि/कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी प्रालि संचालन गरेको छ ।

संस्थाले निकट भविष्यमा डेरी संचालन गर्ने योजना अघि बढाएको छ । डेरी परियोजनाको प्रवर्द्धन गर्न, खैरहनी तथा रत्ननगर नगरपालिकाका गाई पालन गर्ने कृषकहरुलाई लक्षित गरी लगानी बृद्धि गर्न, प्रविधि विकासको लागि सहयोग गर्न, उत्पादित दुधको बजारिकरण गर्न, चितवनको पर्सामा चौथो सदस्य सुविधा काउण्टर संचालन गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?