+
+

प्रथम ठोरी महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते १७:५३

४ पुस, रामपुर । पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ ।

ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ । ठोरी गाउँपालिकाको दक्षिणमा भारतको पश्चिम चम्पारण जोडिएको छ भने उत्तरपश्चिममा चितवन राष्ट्रिय निकुञ्ज पर्छ ।

यहाँ सीता गुफा, राईधारा, रानी वन, गोले डाँडा, सिने पर्वत, ह्वाइट हिल, अमृतधारा, वनशक्ति मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकलाई नेपालसम्म आउने वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कपुरबोट मिडिया प्रालिको आयोजनामा यही पुस १२ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० कक्ष रहने छ ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक तथा पर्यटन, हस्तकला, अटो, बैंक तथा वित्त एवं विविध साँस्कृतिक कार्यक्रम हुने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए ।

विहारको पश्चिम चम्पारणसँग जोडिएको ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकको घुइँचो लाग्ने गर्दछ । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन महोत्सवले महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?