+
+

पूर्वगभर्नर तिलक रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते २:००

५ पुस,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल राष्‍ट्र बैंकबाट दश रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारले जनाएको छ ।

आयोगले बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता कार्य भएको पाइएको जनाएको छ ।

अख्तियारले अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको भेटिएको छ । त्यस्तै छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाइल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेका समेत अख्तियारले खुलासा गरेको छ ।

अख्तियारले तत्कालिन गभर्नर रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुरपाँडे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रावल गभर्नरबाट हटेपछि संविधानसभा सदस्य हुँदै हाल नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?