+
+

सांसद रेशम चौधरीको सपथको समय सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते ११:५२

१९ पुस, काठमाडौं । सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्वनिर्धारित समयभन्दा केही घण्टालाई पछि सरेको छ । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार डिल्लीबजार कारागारबाट चौधरीलाई ल्याउने प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भएकाले सपथ ग्रहणको कार्यक्रम तीन बजेसम्मलाई सारिएको हो ।

आजै १२ बजे संसद बैठक बस्न लागेकाले पनि समयको चाप परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?