+
+

नेकपा गण्डकीको प्रमुख सचेतकमा मायानाथ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १०:०६

२५ पुस, पोखरा । गएको जेठमा दुई दल एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बल्ल गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक छानेको छ । तत्कालीन नेकपा एमालेका सचेतक मायानाथ अधिकारीलाई नै प्रमुख सचेतक जिम्मेवारी नेकपाले दिएको छ ।

तत्कालीन माओवादीको सचेतक रहेकी गायत्री गुरुङ एकीकरणपछि बनेको नेकपाको सचेतक बनेकी हुन् । दलको मंगलबार पोखरामा बसेको बैठकले लमजुङ र कास्कीबाट समानुपातिक प्रदेश सभा सदस्य अधिकारी र गुरुङलाई जिम्मेवारी दिएको हो ।

यसअघि पार्टी एकीकरण भए पनि दुबै दलका सचेतकले संसदमा सहभागिता जनाएका थिए । उनीहरुले छुट्टाछुट्टै दलको सचेतकको सेवा सुविधासमेत प्रयोग गर्दै आएका थिए । सोमबारको संसद बैठकमा दलको एक जनालाई मात्र बोल्ने दिने कार्यसूची अनुसार मायानाथलाई नेकपाको तर्फबाट बोल्ने समय दिइएको थियो ।

बैठकले दलको उपनेता र सचिव भने अझै चयन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?