
Photo Credit : जिल्ला प्रहरी कार्यालय दार्चुलका सरुवा भएका रिजालको फेसबुकबाट लिइएको तस्वीर ।
२९ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्व रहने म्याग्दी र दार्चुला जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार म्याग्दीमा जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी महेन्द्र मरासिनीलाई पठाइएको छ भने दार्चुलाको प्रमुखमा डीएसपी भेषराज रिजाललाई पठाइएको छ ।
सुवेदीले अनलाइनखबरसँग भने, ‘केही डीएसपी साबहरुको प्रमोसन भएर खाली रहेको ठाउँमा काज पठाइएको हो ।’
उनका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा विनोद घिमिरेलाई पठाइएको छ भने रौतहटको वडा प्रहरी कार्यालय, बैदाममा कोमल शाहलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4