
७ फागुन, काठमाडौं । दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
मुलुक समृद्धिको यात्रामा अघि बढिसकेकाले नेपालीको दशकौंदेखिको विकास र समृद्धिको सपना पूरा हुने विन्दुमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएकाले विश्वस्त हुन आग्रह गरे ।
‘निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौं’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4