+
+

सिके राउत मूलधारमा आउनु स्वागतयोग्य : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते १६:५२

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मुलधारको राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शुक्रबार सरकार र राउतबीच सहमति भए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनकपुरबाट अनलाइनखबरलाई प्रतिक्रिया दिँदै निधिले भने, ‘साँच्चै विखण्डनको राजनीति छोडेर मुलधारको राजनीतिमा आएका हुन भने यो राम्रो कुरा हो ।’

सरकारले राउतसँग ११ बुँदे सहमति गरेको छ ।

राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा रहेका राउत सर्वोच्च अदालतको आदेशपछि बिहीबार थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?