+
+

सरकारले विखण्डनलाई मान्यता दियो : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १६:३२

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सिके राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको बताएका छन् ।

कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले सोमबार आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने, ‘भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए ।’

विखण्डनको नारा लगाउँदै आएका राउतलाई मुलधार ल्याएको बताइए पनि सहमतिको भाषा नै उल्टो भएको पौडेलको भनाइ छ । भेलामा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियता बचाउन असफल भएको बताए ।

नेता पौडेलले राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने बताए । उनको प्रश्न थियो, ‘सरकारले राउतसँग जनकपुरमा नारा लगाउने सम्झौता गरेको हो ?’

सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको पौडेलको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?