
७ चैत, काठमाडौं । नेकपा विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता हुने सरकारले बताएको छ ।
हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘सम्वादका निम्ति हामी तयार छौं । तर, सम्वाद गलत गतिविधिको तयारीका हुन सक्दैन । वार्तामा बस्नुअघि हतियार विसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’
कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने उनले बताए । बास्कोटाले भने, राजनीतिक मैदान नै खाली छ, जता पट्टा खेलेपनि हुन्छ ।’
हेर्नुस् सञ्चारमन्त्री बास्कोटाको भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4