+
+

एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १३:१६

१५ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष क्षसिजिन चेनले नेपालका ठूला परियोजनामा लगानी गर्न एडीबी इच्छुक रहेको बताएका छन् ।

शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा बोल्दै उपाध्यक्ष चेनले एडीबीले लगानी गरेका नेपालका विभिन्न परियोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै थप ठूला परियोजनामा लगानी गर्ने इच्छा व्यक्त गरे ।

मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीले लगानी गरेको छ । नेपालको ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा पनि एडीबीको लगानी छ ।

‘एडीबीले लगानी गरेका परियोजनाहरु सम्पन्न हुने चरणमा छन्, थप लगानीका लागि समेत रणनीति बनाउँदैछौं’, उनले भने ।
एडीबीले नेपालमा दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमा समेत लगानी गर्न इच्छुक रहेको उनको भनाइ छ ।

यतिबेला नेपाल आर्थिक विकासको मार्गमा अगाडि बढेको भन्दै उनले एडीबीले नेपाल सरकारको नीतिलाई समेत सघाउने गरी लगानी गरिरहेको दाबी गरे ।

‘उर्जा क्षेत्रमा लगानी गर्न चाहन्छौं’

सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताका छन् ।

उनले पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानूनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको बताए । सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उनले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताए ।

ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक रहेको उनले बताए ।  नेपाल दुई ठूला आर्थिक रुपमाशक्ति सम्पन्न हुँदै आएका देशको बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको बताए ।

विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानी गर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानीगर्दै आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?