
Photo Credit : अनलाइनखबर फाइल
१८ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले बारा पर्साका हावाहारी प्रभावितहरुका लागि एक दिनको तलब सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन् । यसअघि नेकपा सांसद योगेश भट्टराईले दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4