+
+

घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १७:२३

१२ जेठ, काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले अनलाइनखबरसँग भनेका छ ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?