+
+

चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते २०:२७

१२ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यो पनि प्रेसर कुकर बम भएको आशंका गरिएको छ । यसअघि सुकेधारा र अनामनगरमा पनि प्रेसर कुकर बम विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?