
१२ जेठ, काठमाडौं । कोटेश्वर, नरेफाँटबाट सशस्त्र प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली र अर्का एक व्यक्ति रहेको सशस्त्र प्रहरी बल, हल्चोका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले अनलाइनखबरलाई बताए ।
अहिले पक्राउ परेका कार्यकर्ता महानगरीय प्रहरी वृत्त, बोनश्वरको हिरासतमा छन् ।
उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।
आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको थियो । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4