+
+

लगनखेलको ‘बम’ डिस्पोज, ग्वार्को र सातदोबाटोमा पनि ‘शंकास्पद’ वस्तु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते २०:४९
Photo Credit : अनलाइनखबर । सुकेधारा विष्फोटको दृश्य ।

१२ जेठ, काठमाडौं । नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरिएको थियो ।

ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अधिकारीका अनुसार सेनाको टोलीले साढे ७ बजे उक्त वस्तु डिस्पोज गरेको छ ।

अब सेनाले पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) थाल्नेछ । जसले त्यो वस्तु बम थियो/थिएन भन्ने पत्ता लगाउँछ ।

ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु

ललितपुर प्रहरीका अनुसार ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु भेटिएको स्थानीय प्रहरीले खबर गरेको छ ।

अहिले ललितपुर प्रहरी परिसरको टोली त्यसतर्फ जाँदैछ । त्यो वस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि खबर गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?