
१७ जेठ, काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ ।
सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।
सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।
दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन् । यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4