+
+

भृकुटीमण्डपको अनियमिततामा छानबिन हुन्छ : अख्तियार

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते ११:५४

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डप अनियमिततामा निष्पक्ष अनुसन्धान र कारबाही गरिने जनाएको छ ।

भृकुटीमण्डपको बेथितीबारे अनलाइनखबरमा प्रकाशित समाचारले आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अनियमितताबारे यसअघि परेको भनिएको उजुरी खोजी थालिएको तर अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ । ‘भृकुटीमण्डप सम्बन्धमा यसअघि भएको अनुसन्धानमा ल्याम्ह पुचः र परिषद्को भूमिका सम्बन्धमा के कस्ता उजुरी थिए खोजिगरेका छौं तर भेटिएको छैन,’ प्रवक्ता कोइरालाले भने ।

प्रकाशित समाचारलाई आधार बनाएर पर्ने उजुरीमा पनि आयोगले निष्पक्ष छानबिन अघि बढाउने भन्दै प्रवक्ता कोइरालाले अख्तियारको कामकारबाहीमा विश्वस्त रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?