+
+

लण्डनमा प्रधानमन्त्री ओलीले गरे गोर्खा सैनिकको प्रशंसा

वसन्त रानाभाट वसन्त रानाभाट
२०७६ जेठ २९ गते १७:०१

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकको प्रशंसा गरेका छन् । लण्डन दूतावासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको भन्दै गोर्खा सैनिकको प्रशंसा गरेका हुन् ।

‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे’, उनले थपे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव भएको हो ।’

नेपालीहरु वीर छन् भन्ने थाहा पाउने पहिलो देश व्रिटेन भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले बेलायत नेपालको पुरानो मित्र भएको उनले जनाए । यो मित्रता औपचारिक रुपमा सन् १८१६ बाट शुरु भएपनि नेपालीले बेलायती सेनामा सो भन्दा एक वर्ष अगाडिबाटै काम गर्न थालेको स्मरण गरे ।

उनले आगामी दिन बेलायत र नेपालको सम्बन्ध झनै सुदृढ बन्नमा आफू विश्वस्त भएको बताए ।

२०३ वर्षदेखिको सम्बन्ध भएपनि विगत लामो समयदेखि नेपालका प्रधानमन्त्रीको बेलायतमा औपचारिक भ्रमण हुन सकेको थिएन । लामो समयपछि औपचारिक रुपमा प्रधानमन्त्रीको भ्रमण भएको हो ।

यसले सकारात्मक उर्जा थप्ने ओलीको विश्वास थियो । बेलायतमा नेपाली बोल्ने विदेशी देख्दा आफूलाई गर्व महशुस भएको उनले सुनाए । ‘नेपालीमा बोल्नु हाम्रा निम्ति खुशीको कुरा हो, गौरवको कुरा हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले बेलायतमा रहने नेपालीको तारिफ समेत गरे । ‘नेपालीहरु जहाँ पुग्छन् त्यहाँ हावापानी संस्कृती रीतिरिवाजलाई सम्बोधन गरेर बस्छन्, त्यहाँका मानिसको सहयोगी भएर बस्छन्, यो नेपालीको विशेषता हो’, उनले भने ।

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन मद्दत पुर्‍याएको परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रतिक्रिया दिए । उनले गैरआवासीय नेपाली संघले नेपालको विकासमा पुर्‍याएको योगदानको तारिफ गरे ।

लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?