+

नेपाली टोलीको घोषणा, अविनाश र पवन अटाए

२०७६ असार  १५ गते १२:४५ २०७६ असार १५ गते १२:४५
नेपाली टोलीको घोषणा, अविनाश र पवन अटाए

१५ असार, काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।

कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ शेख बैकल्पिक खेलाडीमा छन् भने युवा क्रिकेटरहरु सन्दीप जोरा, भीम सार्की अटाएनन् ।

नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् । १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेलेर नेपाली टोली सिंगापुर जानेछ, जहाँ टी–२० विश्वकप एसिया फाइनलका खेलहरु हुनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय