
‘बाहुबली’का नायक प्रभाष अहिले नयाँ चलचित्र ‘साहो’को रिलिज तयारीमा छन् । बहुप्रतिक्षित यस चलचित्रमा श्रद्धा कपुरको पनि मुख्य भूमिका छ । चलचित्रलाई सुजिथले निर्देशन गरेका हुन् ।
प्रभाष अहिले चलचित्रको प्रचारमा व्यस्त छन् । प्रचार-प्रसारको लागि प्रभाषले कुनै कसुर बाँकी राखेका छैनन् । प्रचारको क्रममा एक बलिउड मिडियाले प्रभाषलाई ‘दंगल’का आमिर खानसँग तुलना गर्यो । दंगलमा आमिरको भूमिका र बाहुबलीमा प्रभाषको भूमिका उस्तै भएको बताइयो ।
यस्तैमा प्रभाषले भने, ‘आमिर मलाई एकदमै मन पर्ने कलाकार हुन् । दंगलको स्टोरी र आमिरको काम निकै प्रशंसनीय छ ।’ प्रभाषले आफूलाई दंगल निकै मन परेको बताए । अनि प्रभाषलाई प्रश्न गरियो, ‘रिमेक बन्यो भने तपाईं काम गर्नुहुन्छ ?’
उत्तरमा प्रभाषले भने, ‘मलाई थाहा छैन, मैले आमिरको जस्तो काम गर्न सक्छु वा सक्दिनँ । तर, त्यो अवसर मलाई मिल्यो भने पक्कै काम गर्नेछु ।’
प्रतिक्रिया 4