+
+

अब एयरपोर्ट र होटेलमा यतीको मस्कट

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १२:४६

११ भदौ, काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ ।

भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको हो ।

मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । ‘संसारका धेरै देशले आफ्नो पहिचानको रुपमा मस्कटलाई प्रवर्द्धन गर्छन्,’ उनले भने, ‘हामीले यतीलाई प्रवर्द्धन गर्दैछौं ।’

यती हिममानव नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका दौरान केही आरोहीले हिमालमा यतीको पाइला देखेको बताउने गरेका छन् ।

संयोजक वैद्यका अनुसार यती कलाकारहरुले निर्माण गर्छन् । होटेलहरुले कलाकारलाई परिश्रमिक दिएर यस्तो मस्कट खरीद गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । मस्कटलाई कलाकारहरुले ग्राहकको इच्छाअनुसार विभिन्न मौलिक पहिचान झल्कने पेन्टिङमा सजाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?