+
+

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

साविकको अखिलबाट १८० र क्रान्तिकारीबाट १५५ जना रहने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १६:५१

१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज बिनोद ढकाल, संय‍ोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक बैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।

ऐन महरको संयोजकत्वमा राजनीतिक/सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ । यो उपसमितिमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी र पञ्चा सिंह सदस्य छन् ।

रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति  बनाइएको छ । सदस्यमा सुनिता बराल, सुदेश पराजुली र समिक बडाल रहेका छन् ।

यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।

शुक्रबार बसेको बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?