+
+

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १०:४४

२५ भदौ, काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भने, ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्री ज्यूको मुटुमा राखिएको क्याथेटर हामीले निकालिदिएका हौं । उहाँलाई अरु थप उपचार गर्नु परेन ।’

क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको बताउँदै डा. सायमीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ ।’

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किएका थिए । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।

मुटुरोग विशेषज्ञ डा. रोशन राउतका अनुसार बिरामीको हात अथवा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतीलाई क्याथेटर भनिन्छ ।

गत वर्ष कात्तिक महिनामा प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएरै मुटुको उपचार गराएका थिए । त्यसको फलोअपका लागि पनि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?