+
+

विप्लव समूहको हतियार भण्डारमा प्रहरी छापा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १२:०२

१३ साउन, झापा । प्रहरीले झापाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भउको हो ।

अनारमनीका डीएसपी मोहनकुमार थापाका अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको छ ।

उनीहरुलाई प्रहरीले ३० भदौमा पक्राउ गरेको थियो ।

उनीहरुले चियाको बोटमा हाल्ने औषधि भनेर ती सामग्री राखेको पाइएको थापाले अनलाइनखबरलाई बताए । ‘एक महिनाअघिबाट त्यहाँ राखिएको भेटिएको छ’, थापाले अनलाइनखबरसँग भने ।

श्रृंखलाबद्ध विष्फोटनमा संलग्नताको दाबी

विप्लव समूहका यी नेताको गिरफ्तारीअघि जिल्लाका विभिन्न भेगमा श्रृंखलाबद्ध विष्फोटनका घटना भएका थिए ।

बिर्तामोड-७, ८ र ९ को संयुक्त प्रशासनिक भवन, चारपानेमा साहारा सहकारीको निर्माणाधीन कार्यालय, गौरादहको सरकारी सवारी, अर्जुनधारा, दमक लगायतमा भएका एनसेल टावरका विष्फोटन लगायतमा यो समूह संलग्न रहेको बताइएको छ ।

अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार उनीहरुले पहिले चन्दा माग्ने र नदिने वित्तिकै तर्साउन विष्फोट गराउने गरेको देखिएको छ । यसअघि चलाइएको अपरेशनमा केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?