+
+

महराले दिए सभामुखबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते २०:१८

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले अनलाइनखबरलाई बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।

आरोप र खण्डन

दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सभामुख चुनिएका महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनकाअनुसार सभामुख महरा आइतबार राति उनको कोठामा गएका थिए र बलात्कारको प्रयास गरेको उनको दाबी छ । राति नै प्रहरी समेत उनको कोठामा पुगेको थियो ।

यसबारे सञ्चार माध्यमहरुमा खबर आएपछि महराको निजी सचिवालयले विज्ञप्ति निकालेर आरोप खण्डन गरेको थियो । कर्मचारी समायोजनमा भनेअनुसार नभएको रीसमा यस्तो आरोप लगाएको महराको तर्क थियो ।

तर सत्तारुढ नेकपालले उनलाई सांसद र सभामुख दुबै पदबाट राजीनामा दिन भन्यो । लगतै महराको राजीनामा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?