+
+

सरकारलाई देउवाको प्रश्नः कारबाही गर्नुपर्ने महरालाई संरक्षण किन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते १९:४६

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘त्यो महिलालाई तर्साएर धम्क्याएर मुद्दा हाल्न दिएको छैन । उसको श्रीमानलाई महराले धम्क्याएको छ, उनले भने ।

देउवाले अघि भने, जसले खबर बाहिर ल्यायो, त्यसलाई धम्की दिइसक्यो । यस्तो बद्मासी गर्ने ?’

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले भने सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाएको थियो ।

महराले सभामुख पदबाट राजीनामा दिएका छन् तर, सांसद पदबाट भने राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?