
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई सजाइएको छ ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।
त्यहाँबाट सी सोल्टी होटलमा जानेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ ।
सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ । सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4