+

चितवन बन्यो च्याम्पियन

२०७६ कात्तिक  ७ गते १४:५३ २०७६ कात्तिक ७ गते १४:५३
चितवन बन्यो च्याम्पियन

काठमाडौं । सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । संयोग नै मान्नुपर्छ, उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

उसको सुरुवात राम्रो थियो । काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् । त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । सुमन २९ रनमा आउट भइन्, जतिबेला टिमको स्कोर ८४ रन थियो । थप दुई रन जोड्दा रितु आउट भइन् ।

तर कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गर्दै टिमको पारी उकासिन् । इन्दुले इनिङको अन्तिम तीनमा लगातार चौका हान्दै टिमलाई राहत दिएकी थिइन् ।

११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि अप्सरी बेगमले १५ तथा ममता थापा र इश्वरी विष्टले समान १३/१३ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जाड्न सकेनन् । भरपर्दा ब्याट्सवुमनहरु चल्न सकेनन् ।

उसको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर ९ रन हुँदा शोभा आले आउट भइन् । त्यसपछि रोमा थापा, कप्तान रुविना क्षेत्री र नितु भण्डारी आउट भइन् । अप्सरी र मतताले पाँचौं विकेटका लागि २५ रनको साझेदारी गरे ।

अप्सरी आउट हुँदा टिमको स्कोर ४० रन थियो । त्यसपछि लगातार विकेट गुमाएको काठमाडौं ६७मा अलआउट भयो ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुमन र रितु कनोजियाले ३/३ विकेट लिइन् । रेखा रावलले २ विकेट हात पारिन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय