
१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल चलिरहेको छ ।
प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्यो । तर यो सामान्य जुवाको खाल नभई मिनी क्यासिनो नै रहेछ । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए ।
जुवाको खाल काठमाडौं महानगरपालिका-३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा चलिरहेको थियो । गौतमले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २४ जनालाई कोठामा राखेर जुवा खेलाइरहेका थिए ।
जुवाको खालमा हजार र पाँच सयका नोटका गड्डीहरु प्रयोग भएको थियो । प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । खालबाट बरामद भएको हजार र पाँच सयका नोटहरु गन्न मात्र प्रहरीलाई झण्डै तीन घन्टा लागेको थियो ।
उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।
जुवाखालबाट पक्राउ पर्नेहरुको नामावली
१. काठमाडौं महानगरपालिका- २ भाङ्गीका बुद्ध लामा
२. काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा
३. काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल
४. काठमाडौं महानगरपालिका- ६ का सुमन अग्रवाल
५. काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी
६. काठमाडौं महानगरपालिका-२९ का राम तामाङ्ग
७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का
८. काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ
९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली
१०. काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी
११. काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी)
१२. काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी
१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा
१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा
१५. काभ्रेपलान्चोक रोशी गाउँपालिका-४ का बलराम सापकोटा (बले)
१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग
१७. दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण के.सी.
१८. दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ
१९. ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०. ललितपुर पुल्चोकका सोहेल कार्की
२१. ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ्ग
२२. रौतहट चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल
२३. रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की
२४. बाराको निजगढ नगरपालिका-९ का शम्भु बुढाथोकी
२५. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा
प्रतिक्रिया 4