+
+

सप्तरीमा एक सातामै भेटियो दुई अजिंगर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १२:२४

१३ कात्तिक, सप्तरी। सप्तरीमा एक साताको बीचमा दुईवटा अजिंगर फेला परेको छ । पछिल्लो पटक जिल्लाको हनुमानगर कंकालनी नगरपालिका १२ स्थित कोशी बाँधबाट मंगलबार साँझ अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

१५ किलो तौल भएको अजिंगर सर्प देखापरेको स्थानीयले बताएपछि प्रहरीको टोली पुगेको थियो । उक्त अजिंगरलाई अहिले इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको र वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ मा एक साताअघि अजिंगर फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?