काठमाडौं । आयरल्याण्डले एन्डी बालबेर्नीलाई टी–२० टिमको कप्तान बनाएको छ ।
टी–२० विश्वकप आउन एक वर्षभन्दा कम समय रहँदा आयरल्याण्डले बालबेर्नीलाई कप्तानी दिएको हो । हालै मात्र टेष्ट र एकदिवसीय टिमको कप्तानीको जिम्मेवारी पाएका बालबेर्नीले अब टी–२० मा ग्यारी विल्सनको स्थान लिनेछन् ।
विल्सनले टी–२० विश्वकप छनोटमा आयरल्याण्डको कप्तानी गरेका थिए र टिम तेस्रो स्थानमा रहँदै अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० का लागि छनोट भयो ।
प्रतिक्रिया 4