
१३ पुस, तनहुँ । प्रतिवन्धित लागू औषध बिक्री वितरण गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका ३ ठाडो लाइनबाट उनीहरुलाई पक्राउ गरेको हो ।
कुम्भबहादुर थापाका घरमा डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्काले लागू औषधहरु लुकाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
बिभिन्न पाँच प्रकारका लागू औषधसहित उमेश खड्का, उत्सव खड्का र गोरखा पालुङटारका जनक श्रेष्ठलाई पक्राउ गरि कारबाही थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4