+
+

नेकपाको अनिर्णयले बन्धक बन्यो संसद

सूचना टाँसेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १५:४१

१५ पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशनलाई कानून बनाउने अधिवेशनका रुपमा लिइन्छ । नागरिकतादेखि संघीय प्रहरी लगायतका दजनौं ऐनहरु संसदमा विचाराधीन छ, संसदको सभामुख चयन गर्नुपर्ने जिम्मेवार पनि प्रतिनिधिसभाको छ ।

तर ४ पुसमा पहिलो दिन राष्ट्रपतिले अधिवेशन आह्वान गर्दै पठाएको पत्र पढेर सुनाएको संसद बैठक बस्न सकेको छैन । भोलि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ, त्यो पनि ११ दिनका लागि । अब २७ गते १ बजे बोलाइएको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना निकालेर १६ गतेका लागि बोलाइएको बैठक २७ पुसका लागि सारेका छन् ।

यसको एउटा कारण हो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखबारे निर्णय गर्न नसक्नु ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार पनि सभामुखबारे छलफल भएको थियो । तर सहमति जुटेन ।

अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालिन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्वएमालेले राष्ट्रपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्ष जस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् । पूर्व माओवादीबाट सभामुख हुँदा अग्नि सापकोटाको सम्भावना बढी छ ।

यद्यपि पम्फा भुसाल, देव गुरुङ र ओनसरी घर्ती मगरको पनि सभामुखमा दाबी छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली भने सुवास नेम्वाङलाई सभामुख बनाउने अडानमा छन् । यस्तै पूर्वएमालेबाट वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सभामुखमा दाबी छ ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल सत्तारुढ दलले सभामुखमा सहमति जुटाउन नसकेकै कारण संसद सरेको सर्‍यै भएको बताइन् ।

‘सभामुखको निर्वाचन चाँडै होस्, हामीले सदनमा प्रतिपक्षीको भूमिका खेलन पाइयोस् भन्ने हाम्रो चाहना हो, तर सत्तारुढ दलले सभामुखमा सहमति जुटाउन नसकेको संकेत देखियो ।’

चालु अधिवेशनमा पहिलो कार्यतालिका सभामुखको निर्वाचन नै भएकाले यसमा सहमति कुर्नुको विकल्प नभएको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?