+
+

गोरखामा क्रसर उद्योगको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

ब्याक गरेर मारेको भन्दै टिपरमा आगजनी र तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते ९:५०

१७ माघ, गोरखा । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् ।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?