
१७ माघ, काठमाडौं । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।
पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4