+
+

विमानस्थलको कफी सपमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते २१:३०
Photo Credit : तस्वीरः दिपेन्द्र कर्ण

२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको बताए ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।

आगलागीपछि अहिले विमानस्थलको उडान अवतरण अबरुद्ध भएको थियो । राती १० बजेबाट विमानस्थलमा पुनः सेवा सुरू भएको छ ।  पहिलोपटक कतार एयरलाइन्सको जहाज दोहा उड्यो भने दिल्लीबाट आएको नेपाल एयरलाइन्स अवतरणको तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?