+
+

कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चल्ने, केजरीवाल सरकारले दियो सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते २२:०३

नयाँदिल्ली । भारतका युवा नेता कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चल्ने भएको छ । अरविन्द केजरीवाल दिल्ली सरकारले मुद्दा चलाउन सहमति दिएको हो ।

९ फेब्रुअरी २०१६ मा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा कथित रुपमा भारतविरोधी नारा लगाएको विषय बाहिर आएको थियो । यसमा प्रहरीले कन्हैयाकुमार, उमर खालिद र निबार्नका साथै अरु ७ जनालाई अभियुक्त बनाएको थियो र उनीहरुमाथि राजद्रोहको मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले अदालतमा चार्जसिट दायर गरेको थियो तर मुद्दा चलाउन दिल्ली सरकारको सहमति चाहिन्थ्यो । तर अहिलेसम्म दिएको थिएन ।

हालै मात्र मुद्दा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको थियो । तर अदालतले रिट खारेज गरिदियो ।

अब दिल्ली सरकारले अनुमति दिएपछि कन्हैया कुमारसहित अरु आरोपीमाथि मुद्दा चलाउने बाटो खुलेको छ । केन्द्रीय सरकारका मन्त्री प्रकाश जावेडकरले जनदबावका कारण दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिनु परेको बताएका छन् ।

के हो विवाद ?

सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालय परिसरमा नाराबाजी गर्दैगरेको भिडियो बाहिर आएको थियो । सो भिडियोमा जेएनयू विश्वविद्यालयमा संसदले हमलाका दोषी अफजल गुरु र मकबूल बटलाई फाँसी दिएको आरोपमा विरोध प्रदर्शन गरिएको थियो । त्यतिबेला कन्हैया कुमार जेएनयूका विद्यार्थी संघका अध्यक्ष थिए । उनले पनि सो मुद्दामा समर्थन जनाएको भेटिएपछि उनीसहित १० जनाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?