
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् ।
‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् ।
राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4