
१८ चैत, जनकपुरधाम । भारतबाट आएका धनुषाका दुई व्यक्तिमा कोरोनाको आशंका गरिए पनि जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा शनिबार भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् ।
उनकाअनुसार भारतबाट केही दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
दुबैको स्वाब लिएर काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको र रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।
रिपोर्ट नेगेटिभ आएपछि दुबैलाई डिस्जार्च गरिएको छ । अस्पतालमा अहिले पनि चार जना बिरामी कोरोना संक्रमणको आशंकमा भर्ना भएको र स्वाब संकलन गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताइन् ।
यसअघि धनुषाकै एक युवकमा कोरोनाको आशंका गरिएको थियो । दुई साताअघि उनको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया 4