
१८ चैत, विराटनगर । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल परेपछि राहत माग्दै विराटनगर १० का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।
लकडाउन उल्लंघन गर्दै मंगलबार दैनिक काम गरेर गुजारा चलाउँदै आएका स्थानीयले वडा घेराउ गरेका हुन् ।
मंगलबार वडा कार्यालय पुगेका स्थानीयबासीले वडा अध्यक्षले आफूखुसी बोल्दै हिँडेको बताउँदै तत्काल राहत दिन माग गरे ।
वडा अध्यक्ष माधवराज वाग्लेले आफ्ना वडाका ३५ सय सर्वसाधारणलाई मास्क वितरण गरेको बताएका थिए ।
वडा अध्यक्षले भनेजस्ते स्थानीयले मास्क नपाएको स्थानीयबासी उत्तम ढुंगेलेल बताए । लकडाउनका कारण दैनिक गुजारा गरेर चलाउनेको दैनिकी मुस्किल भएको बताउँदै उनले स्थानीय सरकारले राहत वितरणको योजना नबनाएको बताए ।
वडा नम्बर १० का वडा अध्यक्ष माधवराज वाग्ले आफ्ना वडामा मास्क वितरण गरिएको बताउँछन् । राहत वितरणका लागि विपन्न घरधुरीको तथ्यांक संकलन गरिएको उनले बताए ।
प्रतिक्रिया 4