+
+

सरकारी राहत सकारात्मक, तर अपर्याप्त : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १८:२९

१८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राहत प्याकेज सकारात्मक, तर अपर्याप्त भएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विज्ञप्ती जारी गर्दै थप राहत प्याकेज ल्याउन माग गरेका छन् ।

उनले भनेका छन्, ‘आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनि यो पर्याप्त छैन । व्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले व्यवसायीको ऋणको व्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनुपर्छ ।’

उनले २० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीहरुको तीन महिनाको व्याज मिनाहा गर्न माग गरेका छन् । बेरोजगारहरु एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई पनि राहत दिनुपर्ने उनको माग छ ।

ज्यालादारी श्रमिकलाई राहत पुर्‍याउने फास्ट ट्रयाक विधि निर्माण गर्नपनि उनले सुझाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?